१५ मंसिर २०७४, शुक्रबार

इलाम । इलामबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको हो  ।

पक्राउमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ, भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका–८ का ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका–१ का २६ वर्षीय विशाल राई छन् ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन कर्माचार्यले जनाए।

 

LIVE TV