१५ मंसिर २०७४, शुक्रबार

काठमाडौँ । आज भोलि जताततै बमको आतंक फैलिरहेका छन् । त्यस्तै  काठमाडौँको त्रिचन्द्र क्याम्पस क्षेत्रमा पनि  आज बिहान नक्कली बमको कारणले एकाएक आतंकित बन्यो ।

त्रिचन्द्र क्याम्पसको पछाडी पर्खालसँगै भूइमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परे पछि जमल क्षेत्र आतंकित बनेको हो ।

बम भेटिएको हल्लासँगै नेपाली सेना र प्रहरीले अनुशन्धान गरि डिस्पोज गर्दा  उक्त बम नक्कली भएको पाइयो ।

 

LIVE TV