१५ मंसिर २०७४, शुक्रबार

रौतहट ।गएराति रौतहटको गरुडा रौतहट महमदपुरमा राजपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा बालकसहित पाँचजना घाइते भएका छन् ।

फाइल फोटो 

झडपमा प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । घाइतेहरुको चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ ।

मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए ।

प्रहरीलाई मधेसवादी दलले घेरा हालेपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । ५० राउन्ड हवाइ फायर गरेको दावी स्थानीयले गरेपनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

LIVE TV