१५ मंसिर २०७४, शुक्रबार

एजेन्सी । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले अमेरिकासंग उनको देशको सम्बन्ध शीत युद्धकालिन सोभियत नेता लियोनिद ब्रेजनेभकोपालायता कै सबभन्दा खराब अवस्थामा पुगेको बताएका छन्। एक रुसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै मेदभेदेभले अमेरिकामा रुसी विषयलाई उचालेर अमेरिकी नेताहरुले ‘रुसी कार्ड’ खेलेर राष्ट्रपतिलाई प्रभाव पार्न खोजेको बताए ।

यसैबीच रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले उत्तर कोरियालाई उसको परमाणु क्षेप्यास्त्र कार्यक्रम अघि बढाउन उक्साउने काममा अमेरिका लागेको बताएका छन्। संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासंग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई उनले अस्वीकार गरिदिए।

LIVE TV