१४ मंसिर २०७४, बिहीबार
  • कबिन्द्र शेर्मा

पाँचथर । विगतमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै हुन्थे । यसवर्ष समयमै बर्षा भएर किसानले रोपाई गर्न पाएकाले धान उत्पादनमा बृद्धि हुने भएपछि पाँचथरका किसान खुशी देखिएका छन् ।

आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले यसवर्ष समयमै पानी परेर रोेपाईं गरेकाले धान उत्पादन बद्धि हुने देखिएको छ । गतबर्ष धान उत्पादन नहुदा सर्वसाधारणले जीवन धान्न निकै कठिन भएकोे चिन्ता व्यक्त गर्नेे किसान यसबर्ष राम्रो अन्न उब्जनी भएपछि उनीहरु खुशी भएका हुन ।

पाँचथरमा बर्खे र चैते गरी १४ हजार ४ सय ५१ हेक्टरमा धान खेती हुने गरेको छ । हिउँदमा १८ र बर्षा समयमा ३५ प्रतिशत मात्र सिंचाइ सुविधा उपलब्ध गराउने कुलो छन् । पानीको असुबिधा भएको क्षेत्रमा जिल्ला कृषि बिकास कार्यालय पाँचथरले ३२ सिचाइ कुलो निर्माण गरेपछि केहि राहत पुगेको किसानको भनाइ छ । जिल्लाका १९ हजार १ सय ८९ घर धुरीले धान खेती गर्दै आएका छन् । सिंचाइ नभएका अन्य स्थानमा अझैपनि आकासे खेती गर्न पाँचथर कृषक बाध्य हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

मुख्य बालीका रुपमा रहेको धानको उत्पादन बढेपछि किसानहरु थप उत्साहित समेत बनेका छन् ।

LIVE TV