१४ मंसिर २०७४, बिहीबार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ । पछिल्लो केही दिन देखि नेपाली सिनेमा उद्योगका चर्चित कलाकारहरु बिच चर्को बिबाद चलिरहेको समाचारले सबैको ध्यानाकर्षण भएको छ । नेपाली सिनेमा उद्योगकै सबैभन्दा धेरै चर्चित र कमाउ चलचित्र गएको दशैमा प्रदर्शनमा आएर हिट भएको  चलचित्र छक्का पन्जा-२ ले सिनेमा क्षेत्रमा सबैभन्दा धेरै पैसा कमाउनेमा बाहुबली २ लाई जित्दै नयाँ रेकर्ड नै बनायो ।

चलचित्र छक्का पन्जा -२ ले सफलताको १०० दिन मनाउदै गर्दा नायिका ऋचा शर्माले छक्का पन्जा -२ ले नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाएकी थिइन्। केहि दिन अगाडि काठमाडौँमा आयोजना भएको चलचित्र महिला नामक कार्यक्रममा बोल्दै गर्दा शर्माले छक्का पन्जा -२ हेरेर तालि बजाउने आम दर्शक मुर्ख हुन भन्नुका साथै उनले अगाडि थप्दै आफुलाई महिला बादी भन्नेहरुले महिलालाई थप्पड हान्दा आफै हाँसेको देखेर रिस उठेको बताएकी थिइन।

यसै कुरालाई लिएर छक्का पन्जा फिल्मका निर्माता तथा नायक दिपकराज गिरिले असन्तुष्टी व्यक्त गर्दै फेसबुकमा यस्तो स्ट्याट्स पोष्ट गरेका थिए ।
दिपक राज गिरिले २६ नोभेम्बरमा पोष्ट गरेको स्ट्याट्स हेर्नुस ।


एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ……
“प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपाइका
फिल्मले कहिल्यै दर्शक पाएनन्……”
Get wel soon !!!!

साथै यसै पोष्टलाई कपि गर्दै छक्का पन्जाकी निर्देशक दिपाश्री निरौला, नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का बस्नेतले  पनि ऋचा माथि रिस पोखेका थिए । त्यसपछि नायिका ऋचा शर्माले आफ्नो बचाउमा फेसबुक स्ट्याट्स पोष्ट गर्दै के भनिन त??? हेर्नुस् उनको त्यो फेसबुक पोष्ट
२७ नोभेम्बरमा जवाफी रूपमा नायिका ऋचा शर्माले पोष्ट गरेको स्ट्याट्स यस्तो छ ।


म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ ।मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।
म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ। सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन्।मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ ।
र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो ।
सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ ।
र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु।
धन्यबाद ।

नायिका ऋचा शर्माको फेसबुक पोष्ट पश्चात नायिका प्रियंका कार्कीले पनि फेसबुक मार्फत नै ऋचालाई यसरी जवाफ फर्काइन नेपाली र अङ्ग्रेजी दुबै भाषामा हेर्नूस् प्रियंका कार्कीको स्ट्याट्स जस्ताको त्यस्तै
प्रियंका कार्कीले पनि ऋचा शर्मालाई जवाफ दिदै २९ नोभेम्बरमा पोष्ट गरेको स्ट्याट्स हेर्नुस पढ्नुस ।

(नेपाली भाषामा)

म आफ्नो गल्ती स्विकार्न कहिल्यै नहिचकिचाउने मान्छे, यो सबै ‘stupidity’ मा आफ्नो सहभागिताको बारे सोच्दा मलाई पक्कै पनि दुख लागेकोछ। म कर्ममा विश्वास राख्ने मान्छे र कर्म गर्दा गर्दै पनि रमितामा फसेछु। कहिले काहीँ कति कुरा यस्ता भइदिन्छन्, जसको परिणाम कति सम्म हुन पुग्छ ,थाहा नै हुँदैन। एकाएक हाम्रो चलचित्रको बारेमा यस्तो-त्यस्तो टीका टिप्पणी आयो भनेर पढ्दा नरमाइलो लाग्यो। रिस पनि उठयो।
कसैले, त्यो पनि यसै क्षेत्रको व्यक्तिले नामै लिएर ‘हाम्रो फिल्म हेर्नेलाई मूर्ख’ भन्यो भन्दा मलाई पक्कै पनि दुख लाग्नु स्वभाविक थियो। social media मा हामीले हाम्रो कुरा अलि हतारमै राख्न पुगेछौँ। कसैलाई तल झार्नु वा व्यक्तिगत रुपमा नराम्रो भन्नु मेरो नियत पक्कै थिएन।
तर, पछि पूरा कुरा बुझ्दा पनि ‘आहा कति राम्रो गफ-गाफ’ भन्ने पनि पक्कै लागेन। हो माने मूर्ख शब्द प्रयोग भएन तर बुझ्न पर्ने कुरा के छ भने ‘hypocrite’ अर्थात ‘पाखण्डी’ शब्द ‘मूर्ख’ भन्नु भन्दा झनै अपमानजनक शब्द हो (मेरो बिचारमा)। यहि industry मा रहेर चलचित्र हेर्ने दर्शक, कुनै पनि चलचित्र हेर्ने दर्शकलाई hypocrite भन्नू चाहि सहि हुँदै होइन।
म आफै महिला र महिला हिंसा सम्बन्धी कुराहरुमा संवेदनशिल हुनुपर्ने कुरा बुझ्दछु, मान्दछु र यसलाई समर्थन पनि गर्दछु। तर, हामीले चालेको कदम ‘महिला हिँसा’ को बारेमा गरिएको टिप्पणीमा वा त्योसंग सम्बन्धित अन्य कुराहरुको बारेमा थिदैँ थिएन र जुन कुराको सुरुवात अर्को पक्षबाट भयो, त्यो पनि ‘महिला हिंसा’ सम्बन्धी कुराले भएकै हैन। कुरो र कुलो जता मोडियो, त्यतै मोडिन्छ।
चलचित्र राम्रो नराम्रो भन्ने अधिकार सबैलाई छ, तर चलचित्रलाई लिएर कसैको ‘समझदारी’ प्रति प्रश्न उठाउनु चाहीँ मलाई उचित लागेन, त्यसको चाहिँ म अझै पनि खण्डन नै गर्छु। चलचित्र छक्का पन्जा यहाँहरुलाई ‘राम्रो-नराम्रो’ दुवै लाग्न सक्छ, म त्यसबारे बोल्दिन तर मैले आफ्नो पात्र बारे भने बोल्नै पर्छ। हो चलचित्रमा मेरो ‘चम्पा’ पात्र ले ‘थप्पड हान्छु’ भन्नेलाई विवाह गर्छु भन्छे, तर फिल्मको कुनै पनि अंशमा उसले थप्पड खाँदिन, उल्टो बिहे गरेपछि थप्पड हान्छु भन्नेलाई तह लगाउन खोज्छे र सफल हुन्छे पनि। त्यस्तै, संगैको घरमा भइरहेको महिला हिँसा रोक्छे र यसबारे कानुनमा भएका कुरा गर्छे पनि…. यहाँहरुले सायद ‘थप्पड हान्छु’ भन्नेसंग विवाह गरेको हेर्नुभयो, त्यसपछि के भयो, हेर्नुभएन।
बाँकी गल्ती सबैबाट हुन्छ…
रमिता भयो, रमितेहरुले रमिता उठाए पनि। कसै कसैलाई त यो ‘खेदो खन्ने सुनौलो मौका’ पनि भइदियो…. म कर्ममा विश्वास गर्ने मान्छे, नराम्रो लागेको कुरा लेखेँ जसको असर केही नराम्रो भयो होला, त्यसको मलाई दुख छ। कसैलाई ब्यक्तिगत ठेस पुग्न गएमा माफी माग्दछु। त्यो नियत कहिले पनि थिएन।
अब कर्ममा ध्यान दिऔं, रमिता आजैबाट बन्द गरौं।
धन्यवाद।

(For those who prefer English)

Apologies. Yes maybe ‘singling’ a person out was a really mean thing to do. Totally wrong. I should have thought, actually processed everything in my mind and not just read some headlines on credible online portals before I wrote what I wrote on social media. Thinking about it now, social media is actually a very dangerous place. We react instantly. We are impulsive. We don’t have the tolerance and patience. We just rush to give our opinions. Exactly what happened with the initial news headlines and also with me. So Yes, ‘singling’ one person out was not acceptable. But then when I saw the video, it still wasn’t a very pleasant, ‘Oh such a nice analysis’ feel for me. Naming a particular movie and ‘SINGLING OUT’ a particular director to give an example of feminism (in a country where almost 150 movies are made a year) was not right either. Now that is my opinion. Yes I got hurt.
Also, when all of this started, the issue never was feminism (my opinion). So, I’m actually not sure why ‘feminism’ became an issue here.. It was about the choice of films.. And things got diverted… statements got manipulated.. I am a female and I have always stood for feminism and women issues. But the specific example given in the discussion about the movie felt incomplete (I’m talking about my character and the example given in particular). Raja says he will marry Champa if she agrees to be SLAPPED by him ever night. Champa agrees. But now, does he ever even once slap her? Abuse her? NO. In fact Champa changes the spoilt brat, makes him a better person. Champa even calls the police to stop on going women violence happening in her neighbour’s place. I guess that was a pretty strong character. Again, this is my opinion and since I played the character, I know she wasn’t an abused woman in the film.
Secondly, clarification about the whole credible news portals’ headlines where the word ‘murkha’ was used. Yes, in the particular ‘discussion’ the word Murkha was not used. Accepted and apologies again.. But Yes, the word ‘hyprocrite’ sure was used. And according to my understanding I don’t think that is a beautiful word to describe our audience now, is It? I think it’s actually even worse. Its okay to give your opinions.. but maybe not okay to call people who watch movies ‘hyprocrites’ especially when you are a part of this industry. Again that is my opinion.
Now finally to all the unnecessary people who took advantage of this sensitive situation and tried in numerous ways to add fuel to it. Now is that RIGHT? The name calling, the shaming in public, mean dis

उक्त बिबादलाई सुल्झाउनको साटो अल्झाउने कार्यमा अन्य कलाकारहरु पनि लागि परेका छन् ।यसैबीच आर्की चर्चित नायिका रेखा थापाले ऋचा शर्माको समर्थनमा आफ्नो भनाइ राख्दै यो विवादमा ईन्ट्री मारेकी छिन । साथै दुबै पक्षका समर्थक कलाकार, साथी, शुभचिन्तक र दर्शका बीच पनि दोहोरो वादविवाद चलिरहेको छ ।

माथीका कुराहरू पढेर अब आफैं छुट्याउनु होस को गलत को सहि हाम्रो कामना छ छिट्टै उहाँहरुको बन्द होस ।नेपाली सिनेमा उद्योगमा सबैले मिलेर राम्रा राम्रा चलचित्र निर्माण गरुन् । हाम्रो कामना छ ।

LIVE TV