१४ मंसिर २०७४, बिहीबार

केन्द्रीय सुरक्षा समितिको बैठकले मंगलबार दाङमा भएको बम बिस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैया दिने निर्णय गरेको छ ।

गृहमन्त्रीको समेत जिम्मेवारी लिनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा हिंसात्मक घटनामा परी घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

नेपाली सेना रथी , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र राष्टि्य अनुसन्धान विभागका प्रमुख सहित बसेको बैठकमा प्रधानमन्त्री देउवाले घटनामा संलग्नहरुलाई कार्वाही गर्न निर्देशन दिनु भएको छ ।

LIVE TV