
पाल्पा । पाल्पा रिब्दीकोट गाउपालिकाको भैरवस्थानमा सञ्चालनमा आएको भैरव भिलेज । भिलेजमा स्थानीयस्तरमा उत्पादित अन्नवालीबाट तयार पारिएका परिकारहरु पाउन थालेपछि सवैको रोजाई बन्दै गएको छ ।
एक सय २० रोपनी क्षेत्रफलमा सो भिलेज सञ्चालनमा आएको हो । सुविधासम्पन्न होटलको अभावमा भैरव मन्दिरमा पूजा गर्न आएकाहरु तानसेन बास बस्नुपर्ने बाध्यता थियो ।
काठमाडौँका प्रभातजंग कुँवर, बागलुङका प्रज्ज्वल शेरचन र स्थानीय बासिन्दा विदुर केसीले करिब रु एक करोड लगानीमा सो भिलेज सञ्चालनमा आएको हो ।
उक्त भिलेजमा भुटेको मकै, मकैको पिठो, मकैको ढिँडोलगायत परिकारको स्वाद लिन सकिने सञ्चालक कुँवरले बताउनुभयो । यहाँ दैनिक ७५ भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
तस्वीर : कृष्ण दर्नाल रासस, पाल्पा