१३ मंसिर २०७४, बुधबार
  • रिया भण्डारी / विश्वराज तामाङ

उदयपुर। पछिल्लो समय उदयपुरमा श्रृखलाबद्धरुपमा बम विस्फोटका घटनाहरु बढेका छन् । नेपाली कांग्रेस उम्मदेवारलाई लक्षित गरेर पछिल्लो समय लगातार बम विस्फोट गराईएको छ । बुधबार उदयपुर प्रतिनिधि सभा २ का नेपाली कांग्रेसका उम्मेदबार नारायणबहादुर कार्की आमसभालाई सम्बोधन गर्न जाने क्रममा बम विस्फोटमा परी गम्भीर घाईते हुनु भएको छ । घटनामा परेका उम्मेद्वार कार्कीसहित ४ जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान एम्बुसमा परी घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत राजधानीस्थित शिक्षण अस्पताल पु¥याइएको छ । सदरमुकाम गाईघाटदेखि पश्चिम भेग उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका उमेदवार कार्की दुर्घटनामा पर्नुभएको हो ।

उदयपुर कटारीबाट नेपालटारको लागि बुधबार बिहान कार्की सहितको टोली प्रस्थान गरेको थियो । कटारीबाट नेपालटार जादै गर्दा उदयपुरगढि गाउँपालका ६ दनुवारबेसीमा थापिएको एम्बुस विस्फोटमा परी उमेदवार कार्कीसहित उदयश्री वहुमुखी क्याम्पस कटारीका नेविसंघ सभापति मिरा कटुवाल, वर्ष ७२ की स्थानीय धनमाया धौलाकोटी र चालक कटारी ७ का राजन कार्कीलगायत सात जना गम्भीर घाईते भएका थिए । घाईतै सबैको उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाण्डौ लगिएको छ । यता दुर्घटनामा घाईते भएका पत्रकार नवराज पौडेल, प्रहरी जवानहरु कालिदास श्रेष्ठ र गणेश पुरीलाई पनि राजधानी लगिएको प्रमुख जिल्ला अधिकारी चन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाग्रस्त बा १५ च ७८०६ नम्बरको गाडीमा जम्मा ९ जना सवार थिए । चारबाहेक अन्यको अवस्था सामान्य रहेको शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंले जनाएको छ । घाइतेमध्ये मिरा कटुवालको खुट्टामा गहिरो चोट लागेको छ । उम्मेदवार कार्की र अन्य दुईजनाको शरिरका विभिन्न भागमा गहिरो चोट देखिएको छ । घटना नियोजितरुपमा गराइएको आफन्त र प्रत्यक्षदर्शीहरुको भनाई छ ।

घटना कसले गराएको भन्ने पुष्टि नभएपनि निर्वाचन बिरोधी गतिबिधिमा संलग्त तत्वहरुको संलग्नता रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारीले श्रेष्ठले भनाई छ । श्रृखलाबद्ध रुपमा सुरक्षा चुनौती थपिदै गए पछि जिल्ला सुरक्षा समितिले थप सुरक्षा व्यवस्थामा कडाई गर्ने भएको छ ।

 

LIVE TV