१३ मंसिर २०७४, बुधबार
  • गोविन्द कुँवर

अछाम ।  अछामका मतदाताहरु अछामको विकास र सम्बृद्धिमा ध्यान दिने नेतालाई भोट दिने भएका छन् । भाषण भन्दा गाउँबस्तीमा विकासको काम गरेर देखाउने नेतृत्वलाई मत दिएर अछाम विकासका लागि मतदान गर्ने स्थानीयको भनाई छ ।

जनतालाई सपना मात्र बाड्ने नेतालाई यस पटक कुनै पनि हालतमा मत नदिनेमा अछामीहरुको दृढता छ । खानेपानी, स्वाथ्य, यातायात, शिक्षा, बिजुली लगायत जनताको आधारभुत आवश्यकतालाई प्राथमिकता दिने उम्मेदवारलाई मत दिने स्थानीयको भनाई छ ।

स्थानीयजासीले जनतामा माझ आएर जनतालाई सपना मात्र बाँडेर विकासको सिन्को नभाँचेका नेतालाई भोट नहाल्ने बताएका छन् । जनताका विचमा विभिन्न आश्वासन र सपना बाँडे पनि निर्वाचित भएपछि जनताको समस्यालाई वेवास्था गरेको भन्दै स्थानीयले जनताको आवश्यकतालाई पूरा गराउने नेतृत्वको आवश्यक भएको भन्दै जनताको मागलाई सम्बोधन गर्ने उम्मेदवारलाई मत दिने बताएका छन् ।

धेरै सपनाहरु बाँडिए पनि नेपाली जनता अहिले पनि आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी, स्वाथ्य, शिक्षा, यातायात, विद्युतको विकास र सम्बृद्धि वाहेकको मागबाट माथि उठन सकेका छैनन् । तर अहिले दलहरु तथा उम्मेद्वारहरुले आकाश छुने खालका सपनाहरु बाँडेर मतदातालाई दिग्भ्रमित पार्दै आए पनि अछामी जनताहरु अब भने त्यस्तो आश्वासन पत्याउने पक्षमा देखिएका छैनन् ।

LIVE TV