१३ मंसिर २०७४, बुधबार

काठमाडौं । टन्सिल चिसो र चिल्लो खाँदा घाँटी दुखे पछि मुखमा जिब्रोको अन्तिम भाग तथा जरोमा दुबै छेउतिर मासुको साना डल्लाहरु हुन्छन्।जसलाई  टन्सिल भनिन्छ ।

यो एउटा ग्रन्थी जुन कुनै किसिमले सुनिन थाल्यो भने हामीलाई टन्सिल हुन्छ । यो धेरैजसो सबैलाई हुने भए पनि बच्चा वा १८–२० वर्षका वयस्कहरुलाई हुने गर्दछ ।

हाम्रो जिब्रोको माथिल्लो भागदेखि कण्ठनलीको माथिल्लो भाग सुनिन थाल्दछ र केही निल्दा दुख्न थाल्छ । यो हुदा  शरीर पूरा दुख्ने ज्वरो आउने समेत हुन्छ । टन्सिल पाक्दै गएमा पिप आउने, सेतो देखिने गर्दछ । यस्तो. अवस्थामा मुख गन्हाउने, खाना, पानी पिउन नहुने हुन्छ । यस्तो समस्या देखिन थालेमा तुरुन्त उपचार गर्न लाउनुपर्दछ ।

टन्सिल दुख्ने सामान्य समस्याको उचित उपचार नभए भविष्यमा मुटुको भल्भ बिग्रिने, बाथ, मुटु रोग हुन सक्छ । यो रोगले गर्दा मुटुको शल्यक्रिया गरेर भल्भ फेर्नुपर्ने अवस्था आउन सक्छ । रोगीले शल्यक्रियापछि समेत जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ ।

अमेरिकन एकेडेमी अफ ओटोल्यारिङ्गोलजी हेड एन्ड नेक सर्जरीका अनुसार, अमेरिकाका करिब सबै बालबालिका  एक पटक टन्सिलको समस्याले  हुने गर्छन् । चिकित्सा र शल्यक्रियाको क्षेत्रमा उपचारको प्रगतिले गर्दा हाल टन्सिलबाट उत्पन्न जटिलताका कारण मृत्यु हुने गरेको छ।

भाइरसले गर्दा हुने टन्सिलाइटिसमा लाक्षणिकबाहेक कुनै खास उपचार आवश्यक नरहेको  एन्टिबायोटिकको माध्यमले उपचार गर्नुपर्ने आवश्यकता हुन हुन सक्छ ।

टोन्सिल्याक्टोमी नामक शल्यक्रियाको माध्यमले टन्सिललाई झिक्नु कतिपय समय आवश्यक भए पनि यो गराउनुभन्दा अघि दुई तीन जना विशेषज्ञको सल्लाह लिनु राम्रो मानिन्छ ।

टन्सिल एक व्यक्तिबाट अर्कोमा सर्दैन तर भाइरस र ब्याक्टेरिया एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । खोक्दा वा हाच्छिउँ गर्दा टन्सिलाइटिस उत्पन्न गर्ने भाइरस वा ब्याक्टेरिया संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ ।

LIVE TV