१० मंसिर २०७४, आईतवार

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा  १६ मत खसेका  छन् । सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा ५७ मतदाता रहेकोमा ४१ जना मतदाता अनुपस्थित भएका छन्।

याङ्मामा दिउँसो तीन बजेनै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । गाउँका अधिकांश मतदाता गाउँ भन्दा बाहिर रहेका कारण कम भोट खसेको वडाध्यक्ष छेतेन शेर्पाले जनाए।

याङ्माको मतपत्र भोली हेलिकप्टरबाट सदरमुकाम ल्याइने  प्रजिअ जिसीले  जानकारी दिए ।

LIVE TV