६ मंसिर २०७४, बुधबार

अमेरिका । नेपालीहरुको शान बढाउँदै नेपाली मूलका प्रथम भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण प्राप्त गरेका छन् । नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए ।

उनले आफ्नो उमेर र वजनको तौल समूहमा प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । कुल १४ सय पाउण्ड उठाई उनले स्वर्ण पदक प्राप्त गरेका हुन् । उनी २ सय २० पाउण्डको वजन बाट प्रतियोगितामा सहभागी भएका थिए । नोभेम्बर १८ र १९ तारिख जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा उनले उक्त पदक जित्न सफल भएका हुन् ।

उनलाई गत नोभेम्बर १६ तारिख बिहिबार डीसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले उनलाई आमन्त्रण गरि शुभकामना दिएका थिए । छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रम मा उनले आफुले नेपालको नाम राख्न सक्दो प्रयास गरेको बताएका थिए । उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तिमा पनि १३ सय पाउण्ड उठाएका मात्र प्रतियोगितामा भाग लिन पाउने भएकोले आफूले त्यो भन्दा ज्यादा उठाएकोले आफू सहभागी हुन् पाएको बताएका थिए । उनले डिसीमा १४ सय पाउण्ड उचालेर राम्रो नतिजा ल्याएको बताए ।

विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरुको आशिर्बाद लिएर आएको बताउँदै उनले नेपाललाई बिश्वमा चिनाउने आफूले प्रयास गर्ने बताएका थिए । उनी शरीर बनाउन कुनै औषधीको सेवन नगरेका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र तथा प्रथम खेलाडी हुन ।
भारत्तोलनको यो उच्चस्तरिय प्रतिस्पर्धा मध्यको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाइ स्वर्ण पदक हासिल गरि सकेका छन् ।

निक्कै कडा मेहनती कार्कीले जीवनमा कहिल्यै हरेश खानु परेको छैन । आत्मविश्वासका साथ खेल्न उत्रने कार्कीको खेल शैलीले सबैलाई मोहित बनाउँने गरेको छ । नियमित र निरन्तर अभ्यासले सफलता दिलाएको भन्दै कार्कीले भारोत्तलन लगायत सबै खेलको विकासका नेपाली मूलका नेपाली अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

LIVE TV