६ मंसिर २०७४, बुधबार

चौतर्फी दबाब पछि जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । ९३ वर्षिय मुगाबेले राजीनामा दिएको जिम्बाब्वेको संसदका सभामुखले बताएका हुन् ।

राजीनामासँगै उनी विरुद्ध लगाइएको महाभियोगको प्रक्रिया स्थगित गरिएको छ । जिम्बावे स्वतन्त्र भएयता गत ३७ वर्ष देखि उनले मुलुकको नेतृत्व गरिरहेका थिए । गत साता सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मंगलबार अपरान्ह आफ्नो पदबाट राजीनामा दिएका हुन् । सभामुखले उनको राजीनामा पत्र संसदमा पढेर सुनाएपछि सांसदहरुले खुसियाली मनाएका थिए । राजधानी हरारेका सडकहरुमा हजारौं मानिसहरुले नाचगान गरिरहेका छन ।

यसअघि संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावमा उनले आफ्नी श्रीमतीलाई असंवैधानिक ढंगले शक्ति हडप्न दिएको आरोप लगाइएको थियो । अज्ञातस्थलबाट बोल्दै मंगलबार जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमरसन मनाङगाग्वाले राष्ट्रपति मुगाबेलाई तत्काल राजीनामा गर्न भनेका थिए । मनाङगाग्वालाई पदबाट हटाइएपछि गत साता सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । मनाङगाग्वाले आफूविरुद्ध हत्याको षडयन्त्र भएका कारण दुई साता अगाडि आफूले देश छाडेको बताएका थिए । जिम्बाबेको सत्तारुढ दल जानुपीएफले मुगावेलाई हटाएँदै उपराष्ट्रपति मनाङग्याग्वालाई नयाँ नेत ाचयन गरेको थियो

LIVE TV