५ मंसिर २०७४, मंगलवार

काठमाडौँ । फिल्म ‘रिदम’की नायिका निश्मा घिमिरे छिट्टै विवाह बन्धनमा बाँधिदै छन् । निश्माले नृत्य निर्देशक गम्भिर विष्टसँग विवाह गर्न लागेकी हुन् ।

लामो समयको प्रेम सम्बन्धपछि निश्मा र गम्भिरको लगन जुरेको हो । आगामी मंसिर ७ गते कौशलटार बैंकटमा निष्मा र गम्भिरले लगनगाँठो कस्ने छन् । ८ गते प्रीति भोज राखिएको छ ।

उनले डेब्यू गरेको सो फिल्म सुपरहिट भएको थियो । उनले फिल्म क्षेत्रमा प्रवेश गर्नु अघि विभिन्न म्युजिक भिडियोमा काम गरेकी थिइन् ।

LIVE TV