५ मंसिर २०७४, मंगलवार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि रौतहटमा भएको बम विस्फोटमा परी घाइते भएका बिरामी सरिता राई र उनका छोरा जैविकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गराइरहेका उनीहरुलाई आज साँझ अस्पतालमा पुगेर भेट गर्दै उहाँले उपचार राम्रो भइरहेकाले चाँडै निको हुने भन्दै सान्त्वना दिनुभयो ।

अध्यक्ष दाहालले घाइतेलाई भेटेर भन्नुभयो, “सन्चो हुन्छ, धैर्य गर्नुहोस् ।”उहाँले उपचार चलिरहेकाले धैर्य लिन र नआत्तिन आग्रहसमेत गर्नुभयो । सो क्रममा दाहालसँग घाइते राईले आफ्नो घरमा केही छैन भन्दै उपचारमा निको हुन्छ की हुँदैन भनेर चिन्ता प्रकट गर्नुभएको थियो ।

LIVE TV