५ मंसिर २०७४, मंगलवार

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जित्नुपर्ने र थोरैमा पनि  १०/१५ हजार मतान्तरले जित्नु पर्ने जनाएका छन्।

ओलीले भरतपुरमा आयोजित चुनावी सभामा वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै  विगतलाई बिर्सिन र ठूलो चित्त बनाउन आग्रह गरेका हुन् । पुष्पकमल दाहाल प्रचण्डले  १०/१५  हजार भोट ल्याएर नजिते  एमालेलाई लाज हुन्छ कि हुँदैन ? भन्ने प्रश्न ओलीले राखिएका छन् ।

प्रचण्डले  चितवनको विकास जसरिपनि  गर्ने र अब यो कसैले रोक्न नसक्ने ओलीले बताए । यो चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र ग्रेटर चितवन बनाउने उनले जनाए।

ओलीले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेप्रति लक्षित गर्दै  भने देश चलाउने कुरा बाटोको ठेक्का लिएर डोजर चलाएइको जस्तो  होइन ।

LIVE TV