५ मंसिर २०७४, मंगलवार

काठमाडौं । भाटभटेनी सुपरमार्केटबाट शंकरदेव क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले हाम फालेर आत्महत्या गरेका छन् । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटको ७ तला माथिबाट हाम फालेर ओखलढुंगा बेतेनी सल्लेरी–१० घर भई काठमाडौं चावहिल बस्ने २० वर्षीय युवराज चौलागाईंले आत्महत्या गरेका हुन्।

उनी बिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । हाम फालेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनी भन्छन्, ‘अहिलेसम्म आत्महत्या नै हो भन्ने छ, ‘सिसिटिभीमा उनी एक्लै गएको देखिन्छ, त्यो स्थानबाट त्यतिकै खस्ने सम्भावना देखिँदैन।’

LIVE TV