५ मंसिर २०७४, मंगलवार
  • सरद राई,

एजेन्सी । अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर जिन्दा है’ फिल्मको गीत फ्यानहरुको लागी निकै पर्खाइको गीत बनेको थियो सोही गीतलाई रिलिज गरिएको छ । केही साता अघि देखि यस गीतमा समाबेश सलमान र कट्रिनाको केहि झलकहरु बाहिर आईरहेको थियो । जस्ले गर्दा फ्यानहरुको लागि यो गीत निकै पर्खाईको गीत पनि बनेको थियो ।

‘टाईगर जिन्दा है’को पहिलो गीत ‘स्वैग से करेङ्गे सबका स्वागत’ बोलको गीत आज मंगलबारको दिन रिलिज गरिएको हो । करिब पाँच वर्ष लामो समयको अन्तरालपछि सलमान र कट्रिना पर्दामा एकसाथ आउँदैछन् । त्यसैले यो फिल्म दर्शकहरुका साथै सलमान र कट्रिनाको लागी पनि बिशेष हुनेछ ।
फिल्मको यस गीतको नाम नै ‘स्वैग से स्वागत’ राखिएको छ भने गीतको संगीत र लिरिक्स पनि निकै रोमान्टिक छ । फिल्मको यस गीतलाई ग्रीसको निकै रमाईलो गल्लीहरुमा छायाङकन गरिएको छ ।

यस गीतलाई विशाल ददलानी र नेहा भसीनले स्वरबद्ध गरेका छन् भने विशाल र शेखरले संगीतबद्ध गरेका छन् । अलि अब्बासले निर्देशन गरेका यो फिल्म आउँदो २२ डिसेम्बरबाट सम्पुर्ण दर्शकमाझ रिलिजमा आउँदैछ ।

 

LIVE TV