
भरतपुर । चितवनको भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभा श्रद्धाञ्जली सभामा परिणत भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित सभामा दशौ हजारको उपस्थिति छ । सभा प्रकाश दाहाललाई श्रद्धाञ्जलि दिएपछि सुरु भएको थियो ।
सभामा पुगेका प्रचण्डका स–परिवार, माओवादी केन्द्र र नेकपा एमालेका नेताहरु निक्कै भावविहल देखिए । खासगरी प्रचण्ड पत्नि प्रकाशकी आमा सिता दाहाल र बुहारी (प्रकाश पत्नि) बिना मगर निक्कै भावविहल देखिए । उनीहरुको अवस्था निक्कै शोकाकुल देखियो ।
श्रद्धाञ्जली सभामा पति प्रकाशमाथी फुल अबिर चढाउदै गर्दा पत्नि बिना निक्कै शोकाकुल बनिन् । उनको अवस्था निक्कै नाजुक देखियो । उनी शोकमा नै हराईरहेकी थिइन् । प्रकाशकी आमा (प्रचण्डपत्नि) सितापनि निक्कै शोकाकुल थिइन् । आमा सिता त्यहाँ पहेलो सारीमा देखिएकी थिइन् ।
सबैभन्दा पहिले आमा सिताले माला र अबिर चढाएपछि प्रचण्डले चढाए । त्यसपछि प्रचण्डपछि–पछि रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधब नेपाल र नेकपा माओवादीका नेता रामबहादुर थापा बादल, मात्रिका यादव लगायतले प्रकाशको तस्विरमा फुल अबिर चढाएर श्रद्धाञ्जली ब्यक्त गरे । त्यसपछि फेरी पालो आयो परिवारकै भाई प्रकाशको तस्विरमा कान्छि दिदि गंगाले श्रद्धाञ्जली ब्यक्त गरिन् ।
श्रद्धाञ्जलि सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व. दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । सभामा नेकपा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, माओवादी नेता रामबहादुर थापा, मातृका यादव लगायतका नेताहरु सहभागी छन । अध्यक्ष प्रचण्डका छोरा प्रकाशको आकस्मिक निधन भएका कारण अध्यक्ष प्रचण्डले भने सभालाई सम्बोधन गर्ने छैनन ।
अध्यक्ष प्रचण्डका सुपुत्र तथा पोलिटब्यूरो सदस्य प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनकातर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशै भरी आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व. प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।