५ मंसिर २०७४, मंगलवार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ । नेकपा एमालेका चर्चित जननेता एवंम महासचिव जननेता मदन भन्डारीको सम्झनामा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा यु-१९ राष्ट्रिय क्रिकेट क्रिकेट टिमलाई सम्मान गरेको छ ।

एकेडेमीले मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै गत हप्ता मलेसियामा सम्पन्न भएको एसिसि अन्डर १९ एसिया कपमा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट मान्यता पाएको भारत जस्तो टिमलाई पहिलो पल्ट १९ रनले हराउँदै नयाँ ईतिहास कोरेकोमा र मलेसियालाई उस्कै घरमा हराएको उपल्क्षमा एकेडेमीले खेलाडीलाई नगत सहित सम्मान गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पि शर्मा ओलिको प्रमुख आतिथ्यतामा भएको सम्मान  कार्यक्रममा ओलि द्वारा नै उक्त प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई जनही १०/१० हजार नगद सहीत प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

LIVE TV