५ मंसिर २०७४, मंगलवार

काठमाडौं । फिल्म ‘मिस्टर झोले’ले आफ्नो प्रचार-प्रसारलाई तिब्र पारेको छ । प्रचार-प्रसारको क्रममा अन्य फिल्महरुझैं ‘कभर भिडियो कम्पिटिसन’लाई सारिएको छ । यो फिल्म आगामी पुष २८ गतेबाट रिलिजमा आउँदैछ । केहि समय अघि रिलिज गरिएको ‘ओखती‘’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आह्वान गरिएको छ ।

पुष २३ गते विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि सोमबारबाट प्रतिस्पर्धा सुरु भइसकेको निर्माण पक्षले जानकारी गराएका छन् । यस प्रतिस्पर्धामा इच्छुक जो कोहि पनि सहभागी हुन सक्नेछन् । तर तयार गरिएको भिडियो भने पौष २१ गते सम्म पठाइसक्नुपर्ने छ ।

(यो प्रतिस्पर्धामा सहभागी हुन चाहनु हुने तपाइँ सबैले पौष २१ भित्र आफ्नो सामग्री ([email protected]) मा मेल गर्नुपर्नेछ)

प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्ने निर्माण ब्यानरले बताएको छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

रौनक बिक्रम कडेल कार्यकारी निर्माता रहेको फिल्ममा टेकेन खड्का निर्माता छन् । निर्देशक गुरुङकै कथा रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुनः, पुष्कर गुरुङ, बुद्दि तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/nDIzVRnDWoM

LIVE TV