
काठमाडौं । सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला चलेपछि सबै इजलास स्थगित, सेनाको टोलीद्वारा चेकजाँच पछि बम राखिएको हल्ला हल्लामात्र भएको पुष्टि ।
सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला हल्लामा मात्र समीति भएको छ । बम राखेको हल्ला चलेपछि आजका सबै इजलास स्थगित गरिएको थियो । मंगलबार विहान अज्ञात व्यक्तिले सर्वोच्च अदालत परिसरमा बम राखिएको भन्दै फोन गरेपछि अदालत परिसरमा तनाब देखिएको थियो ।
विहान एक व्यक्तिले बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो । बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्च पुगेर छानविन गर्दा बम नभएको पुष्टि भएको हो ।
छानविनको क्रममा सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो । सर्वोच्च प्रशासनले तत्कालका लागि सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।