५ मंसिर २०७४, मंगलवार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैया दिने घोषणा गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रममा अध्यक्ष ओलीले जनही १० हजार रुपैया दिने घोषणा गर्नुभएको हो ।

‘सीमित स्रोत र साधनका बाबजुत नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन सम्मान गर्न लायक छ,’ उहाले भन्नुभयो, ‘म व्यक्तिगतरुपमा सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापक टिमलाई जनही १० हजार रुपैया दिने घोषणा गर्दछु ।’

ओलीले चुनावपछि बन्ने सरकारले खेल र खेलाडीको प्रबद्र्धनका लागि ठोस योजना ल्याउने बताउनुभयो । ‘खेलमा सहभागी भएपछि नेपालको जित्ने बानी परेको छ,’ उहाको भनाइ थियो, ‘त्यस्तो बानी सधैं रहिरहोस् ।’

ओलीले खेलाडी छनोटमा विचार पुर्याउन सके उत्कृष्ट नतिजा आउनेमा दुईमत नरहेको बताउ“दै त्यसतर्फ निष्पक्ष भएर काम गर्न राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराउनुभयो ।

LIVE TV