
प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री पु-याउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनुभयो । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ ।
यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । २१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा भने ७ गतेदेखि अनुगमनकर्ताहरुलाई खटाइने छ । नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ ।