
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधन भएसँगै दाहाल परिवारमा ठुलो बज्रपात परेको छ । अब प्रचण्डको भावी उत्तराधिकारी को भनेर पनि प्रश्न उठ्न थालेका छन् ।
युद्धकालको समय देखि अहिलेसम्म आईपुग्दा बाबु प्रचण्डको साथ नछोडेका, साथै सचिवालय र सम्पूर्ण जिम्मेवारीको चाजोँपाजोँको जिम्मा सम्हाल्दै आएका प्रकाशको निधन पछि प्रचण्डले आफ्नो दाहिने हात त गुमाएका छन् नै, पारिवारीक व्यवस्था लगाएत अब प्रचण्डले आफूलाई कसरी सम्हाल्लान् भनेर धेरै नै चिन्ता र चासो गरिएको छ ।
यस दुखद घडीमा प्रचण्डलाई अब प्रकाश दाहालका दुई नाबालक छोराहरूले साथ दिनेछन् भनेर सबैले सहानुभुती दिन थालेका छन् ।
प्रकाशले तीन वटा विवाह गरेका थिए । अहिले उनी विना मगरसँग एक छोराका साथ बस्दै आएका थिए ।
जनयुद्धकालमा प्रकाशले माओवादीका नेता पोष्टवहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग जनवादी विवाह गरेका थिए । नौ वर्ष अगाडि समझदारी मै प्रभासँग प्रकाशले सम्बन्ध विच्छेद गरेका थिए ।
प्रभासँगको सम्बन्ध विच्छेदपछि प्रकाशले पोखरा हेम्जाकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरे । श्रृजनाबाट एक छोरा प्रसिद्ध दाहाल छन् । अहिले उनी ठूलो भइसकेका छन् ।
श्रृजनासँग दाम्पत्य जीवनको चार वर्षमै प्रकाशले विना मगरसँग सगरमाथा आरोहणका क्रममा हिमचिम बढेपछि तेस्रो विवाह गरेका हुन् । विनाको तर्फबाट पनि छोरा जन्मिसकेका छन् । छोरा प्रणब पनि ठूला भइसकेका छन् ।
प्रकाशकी पत्नी सिर्जनाले डिभोर्स दिएकी छैनन् । छोरा हुर्काएर बसेकी उनी पार्टीमा पनि सक्रिय छिन् । बिना मगर अहिले प्रतिनिधी सभाका लागि कञ्चनपुर जिल्लाबाट प्रतिस्पर्धामा छिन् ।
प्रचण्डले अब आफ्नो उत्तराधिकारीका लागि यी दुई नातीमध्ये कसलाई अगाडि बढाउँछन् त ? भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ ।