
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताउनुभएको छ ।
आगामी वर्ष नेपालगन्जमा हुने आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आज यहाँ आउनुभएका सदस्य सचिव विष्टले भन्नुभयो – ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।”
“हामीलाई अहिले १३ आंँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं” – उहाँले भन्नुभयो ।
सदस्य सचिव विष्टले आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा रु एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि रु ३५ करोड गरी अनुमानित एक रु अर्ब ५९ करोड खर्च हुने आकलन गरिएको सो अवसरमा जानकारी दिनुभयो ।
कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँके नेपालगन्जमा, १० खेल बर्दियामा र पाँच खेल दाङमा सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो ।