निर्वाचन विरोधी गतिविधि गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका १० कार्यकर्ता पक्राउ परेका छन् । तेह्रथुम, संखुवासभा र मोरङ जिल्लाबाट ती कार्यकर्ता पक्राउ परेका हुन् । तेह्रथुम – निर्वाचन विरोधी गतिविधि गर्ने तीन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मतदाता र उम्मेदवारलाई प्रभावित पार्न सक्ने सम्भावित जोखिमलाई हेरेर माओवादी कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा आठराई गाउँपालिका–६, का शशी ठटाल, फेदाप गाउँपालिका–१ का रामकृष्ण रिजाल र गौरीप्रसाद सापकोटा छन् ।
संखुवासभा– प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्ष्य गरी प्रहरीले दुईजना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।
जिल्लाको विभिन्न भागबाट प्रहरीले निर्वाचनका क्रममा अवाञ्छित घटना नघटाऊँन भन्ने अभिप्रायले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिकाका निसा लिम्बु र देवराज गिरी छन् । उर्लाबारी, मोरङ– आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरुद्ध गतिविधि गरेको अभियोगमा मोरङका विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सो पार्टीका मोरङ जिल्ला इन्चार्ज ओखलढुङ्गाका पुष्कर श्रेष्ठलगायत पाँचजना नेता तथा कार्यकर्ता पक्राउ गरिएको छ ।