
काठमाडौं । सोलुखुम्बु जिल्लाको सोताङमा बाम गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच पुनः झडप भएको छ । आज साँझ करिब ५ः१५ बजे बाम गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच करिब २ मिनेट लामो दोहारो ढुंगा हानाहानको प्रयास भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।
प्रहरीले सो घटनालाई नियन्त्रणमा लिएपछि त्यहाँको अहिलेको स्थिति सामान्य भएको छ । नाराबाजिको क्रममा एकतर्फ काँग्रेसका कार्यकर्ता र अर्को तर्फ बाम गठबन्धनका कार्यकर्ताबीच दोहोरो झडप भएको हो ।
नाराबाजि गर्दै आएका बाम गठबन्धनका कार्यकर्ताहरुले आफ्नो स्थानमा खाजा खाईरहेको समयमा कांग्रेसका कार्यकर्ताहरुले खाजा खाईरहेका बाम गठबन्धनका कार्यकर्ताहरुको छेउमा गई सामान्य भनाभनबाट झडप सुरु भएको थियो ।
केहि साता अघि मात्र पनि कांग्रेसका कार्यकर्ता र बाम गठबन्धन कार्यकतारुबीच झडप हुनुका साथै दुवै पक्षका केहि कार्यकर्ताहरु घाईते पनि भएका थिए ।