
‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् ।धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् ।
सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएकी छिन् । ‘दीपिका र भंसालीलाई दिइने गरिएको धक्कीको बिषयलाई तपाईले कसरी लिनु भएको छ ?,’ हालै सन्नीलाई प्रश्न राखिएको थियो ।
जवाफमा उनले आफूलाई समेत दैनिक मार्ने धक्की आउने गरेको खुलासा गरेकी छन् । ‘मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन् ‘हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’
विगत ६ बर्षेदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफुलाई केही फरक नपर्ने समेत बताएकी छन् ।