४ मंसिर २०७४, सोमबार

इटहरी । इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गएराति एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

इटहरीबाट उत्तरतिर जाँदै गरेको को २२ प ४६७ नम्बरको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को १ च ७००९ नम्बरको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रा गरिरहेका तीनजना गम्भीर घाइते भएको तथा उनीहरूको उपचारका लागि धरानतिर लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ का डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिकाका निर्माण गौतम र सरिता काफ्ले रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LIVE TV