४ मंसिर २०७४, सोमबार

रामेछाप ।  सुनापति गाउँपालिकाको वडा नं ४ को बेथानलाई स्थानीय प्रशसनले दंगाग्रस्त क्षेत्र घोषणा गरेका  छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना प्रकाशित गरी ४ नम्बर वडामा मंगलबारबाट लागू हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा जुलुस भीड वा संगठित समूहबीच हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको स्थानीय प्रशासनले जानकारी दिए । प्रशासनले त्यस क्षेत्रमा पनि चुनावी कार्यक्रम नगर्न नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश जारी गरेको छ ।

बेथानमा मंगलबार बाम गठबन्धनले वृहत जनसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ। बेथान तही ठाउ हो जहाँ माओवादीले पहिलो पटक प्रहरी चौकीमाथि आक्रमण गरेको थियो ।

 

 

LIVE TV