
- सरद राई,
एजेन्सी । ‘पद्मावती’ फिल्म माथि विवाद चलिरहँदा अभिनेता रणवीर सिंह ‘रेस ३’ फिल्मको शुटिङ सेन्टरमा पगेर अर्को अभिनेता सलमान खानलाई भेटेका छन् । उनले सलमानलाई भेटेर काँधमा उनको काँधमा मसाज पनि गरे । ‘रेस ३’को सेटमा रणवीरले सलमान खानको अलवा निर्देशन रेमो डेसुजा र निर्माता रमेश तौरानीलाई पनि भेटे । रणवीरको उपस्थितीले त्यो दिनको सेट निकै रोमाञ्चक बनिदियो ।
निर्माता रमेश तौरानीले तस्विरलाई ट्वीट गर्दै लेखेका छन्, ‘रणवीर सिंह ‘रेस ३’को सेटमा आए । उनी आउँदा सेट सँधै रोमाञ्चक हुन्छ ।’ टिप्सको अफिसियल ट्वीटर पेजमा सलमानको काँधमा रणवीरले मसाज गरीरहेको अर्को तस्विर पनि सेयर गरिएको छ । साथै क्याप्शनमा लेखिएको छ, ‘एउटा कलाकारले नै अर्को कलाकारको स्ट्रेस सम्झन सक्छ ।’
‘रेस ३’ फिल्ममा सलमान खान, ज्याकलिन फर्नाण्डेज, बबी देओल, डेजी शाह लगाएत मुख्य भुमिकामा रहेका छन् ।