४ मंसिर २०७४, सोमबार

गोरखा । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन केहि दिन बाकि हुदा निर्वाचन क्षेत्रहरुमा बाम राख्ने , पट्काउने  जस्ता घटनाहरुले चिन्तित बनाउदै आएको छ । निर्वाचन आयोगदुवारा बारम्बार निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आग्रह गरेपनि त्यस्ता गतिविधिहरु भने भैरहेका छन् ।

आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नहाल्न आग्रह गरीएको छ । त्यस्ता उम्मेदवार वा दललाई मतदाताले भोट नहालिदिएर सजाय दिनुपर्ने उनले बताए ।

पौडेल चुनावी तयारीको अनुगमन गर्न गोरखा पुगेर भने , ‘मैले विभिन्न जिल्लामा पुग्दा भन्ने गरेको छु, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई आयोगले भन्दा पनि मतदाताले कारवाही गर्ने हो ।’ निर्वाचनको सामान्य आचारसंहिता पालना नगर्ने दलले भोलि सरकार बनाइहालेमा देशमा थिति बसाल्न नसक्ने पनि पौडेलको भनाई छ ।

टोलीले निर्वाचनको सुरक्षा तयारीबारे जिल्ला सुरक्षा समितिमा लगभग  दुई घण्टा छलफल गरेका थिए ।

LIVE TV