४ मंसिर २०७४, सोमबार

काठमाडौं । टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनायो । त्यसोत, आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताअन्तर्गत थाइल्यान्डले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ।

फाइल तस्बिर

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा घरेलु टिमका लागि नारुमोल चाइवाईले नटआउट २३ रन जोडिन् । उनले ३७ बल खेलेपनि कुनै बाउन्ड्री हिर्काउन सकिनन्।

ओपनर नाटाकम चन्तमले १८ रन जोडिन्। नेपालकी सरिता मगरबाट बोल्ड हुनुअघि उनले १८ बल खेलेर २ चौका प्रहार गरिन्। स्वर्णारिन टिपोचले १५ रनको योगदान गरिन्। उनले २७ बल खेल्दा बाउन्ड्री भने प्रहार गर्न सकिनन्।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ विकेट लिइन्। कप्तान रुबिना क्षेत्री र करुणा भन्डारीले १–१ विकेट हात पारे। करुणा र रुबिनाले १–१ जना थाई ब्याट्सउमेनलाई रनआउटको सिकार बनाए।

छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन् ।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।

LIVE TV