४ मंसिर २०७४, सोमबार

मनोज साह

नेपाललाई बातावरण मैत्री राष्ट्र बनाएर पूर्ण सरसफाई घोषणा गर्ने उद्धेश्यले सोमबार विहान रौतहटको चन्द्रनिगाहपुर बजार सरसफाई गरिएको छ । सुन्दर नेपाल बनाउन, सुन्दर नेपाल सरसफाई अभियानमा सहभागी बनौ भन्ने नाराका साथ सुन्दर नेपाल सरसफाई अभियान जिल्ला समितिको आयोजना, चन्द्रपुर नगरपालिका तथा रौतहट ख्रिष्टियन समाजको सहकार्यमा र प्रहरीहरुको समन्वयमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

चन्द्रनिगाहपुरको ट्राफिक चोकदेखि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर सम्मको दुवै राजमार्गमा सरसफाई गरिएको छ । नगरपालिका, पत्रकार महासंघ , नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, म्यादी तथा कर्मचारीहरुको सहयोगमा सरसफाई गरिएको सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय संयोजक बीर वहादुर तामाङ्गले बताउनुभयो । ४२ वटा जिल्लामा सरसफाई भै रहेको बताउदै १० बर्ष भित्रमा पूर्ण सरसफाई राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । फोहरका कारण बातावरण प्रदुषण हुने र अनेक किसिमका रोगको महामारी समेत निम्तिने भएकाले सफा , सभ्य र पूर्ण स्वस्थ सुन्दर नगर बनाउन सवैको सहकार्य आवश्यकता रहेको उहाँले बताउनुभयो ।

फोहोरलाई मोहर बनाउन सकेमा आर्यआर्जन समेत हुने भएकाले यस बिषयमा अन्तरक्रिया तथा छलफल समेत गरिने संयोजक तामाङले जानकारी दिनुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गणेशवहादुर अधिकारी, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक शान्तिराज कोईराला, शसस्त्र प्रहरी नायव उपरीक्षक सुशील प्रजापति, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राममणि उप्रेती र वडा अध्यक्ष अमर आले र खड्ग वहादुर कुश्वार र रौतहट खिष्ट्रियन समाजका फुलचन राईको समेत उपस्थिति रहेको थियो ।सरसफाई अभियान देशव्यापी रुपमा गरिने आयोजकले बताएको छ ।

LIVE TV