४ मंसिर २०७४, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुत्र वियोगको  समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट पुगेका छन् ।

प्रधानमन्त्री देउवा ७ नम्बर प्रदेशसभाको चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेको थियो । देउवा  त्यहाँबाट फर्किनसाथ प्रचण्ड निवास पुगेका हुन् ।

ओली गृह जिल्ला झापाको चुनावी अभियानमा रहेका थिए । उनी  विहान बिराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौं आएका हुन् ।   ओली पत्नी राधिका शाक्यका साथ समवेदना दिन लाजिम्पाट पुगेका थिए ।

 

LIVE TV