४ मंसिर २०७४, सोमबार

काठमाडौं । भारत, नेपाल र बंगलादेशबीच कार्तिक २९ गतेदेखि मंसिर ३ गतेसम्म नेपाल आर्मीको जगदल गण छाउनीमा भएको सार्क स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा महिला र पुरुष तर्फको दुवै खेलमा नेपालले जित हात पारेको छ ।

यस ह्विलचियर बास्केटबल प्रतियोगितामा महिलातर्फ नेपाल र बंगलादेशबीच भएको खेलमा बंगलादेश १६ स्कोरका विरुद्ध नेपालले ३२ स्कोर ल्याई पराजित गरेको छ ।

त्यस्तै, पुरुषतर्फको बंगलादेश र भारतबीच भएको खेलमा बंगलादेशको २६ स्कोरका विरुद्ध भारतले ५७ स्कोर ल्याई भारतले जित हात पारेको थियो । मंसिर २ गते नेपाल र भारत बीच भएको पुरुष तर्फको खेलमा भारतको ४० स्कोरको विरुद्ध नेपालले ५९ स्कोर ल्याएर जित हात पारेको छ ।

त्यसैगरी, प्रतियोगितामा भारतको पुरुष टिम र बंगलादेशको महिलाको टिमले फस्ट रनर अप र बंगलादेशको पुरुष टिम सेकेण्ड रनर अप घोषित भएका छन् । नेपाल आर्मीका जर्नेल रबिन्द्र क्षेत्रीको समुस्पस्थितिमा भएको खेलमा भारतका मोहड फाहिम म्यान अफ द म्याच घोषित भएका छन् । बंगलादेशले एक खेल जितेको थियो तर नेपालले २ खेल जितेर आफ्नो बर्चश्व कायम राखेको हो ।

LIVE TV