४ मंसिर २०७४, सोमबार

निर्वाचनलाई लक्षित गरि आक्रमण बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा प्रमुखहरुसँग छलफल गर्ने हुनुभएको छ । पछिल्ला केही दिन यता आक्रमण र विष्फोटका घटनाहरु बढ्दै गएपछि प्रधानमन्त्री देउवाले सुरक्षा प्रमुखहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

कैलालीको धनगढीबाट फर्किए लगतै सुरक्षा प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । कैलालीको धनगढीबाट काठामाडौ फर्के लगत्तै उहाँले सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिने प्रधानमन्त्री देउवाले तयारी समेत गर्नुभएको बताइएको छ । उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गर्ने तथा विद्युतीय धराप राख्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न आवश्यक पर्ने जस्तोसुकै कदम चाल्न पनि सुरक्षा निकायलाई निर्देशन दिने उहाँले तयारी गर्नुभएको हो ।

सोमबार दिउँसो गृह मन्त्रालयमा मध्यमाञ्चल स्तरीय सुरक्षा गोष्ठि पनि हुँदैछ । गोष्ठिमा सवै सुरक्षा निकायका प्रमुख तथा मध्यमाञ्चल क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरु सहभागी हुनेछन् । यसैबीच प्रधामनमन्त्री शेरबहादुर देउवाले पुत्र शोकको वियोगमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेरै समवेदना प्रकट गर्ने उहाँको निजि सचिवालयले जनाएको छ ।

 

 

LIVE TV