४ मंसिर २०७४, सोमबार

निर्वाचन प्रभावित पार्ने गरि विष्फोट र आक्रमणका घटनाहरु निरन्तर दोहोरिन थालेका छन् । बारामा उम्मेद्वारलाई लक्षित गरि आक्रमणको प्रयास भएको छ ।

 

बारा क्षेत्र नम्बर ४ को प्रदेश नम्बर १ का कांग्रेस उम्मेद्वार ओम कार्कीको सिमरामा पार्किङ गरि राखिएको स्कारपियोमा बम विष्फोट गराइएको छ । बा १४ च ६३३० नम्बरको जीपमा आइतबार विहान कुकर बम विष्फोट भएको हो । विहान करिब ५ बजेर ४० मिनेटमा वम विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ । विष्फोटबाट जीपमा क्षति पुगेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

LIVE TV