
श्रीलंकामा सिङ्घाली र मुसलमान समुदायबीच झडप हुँदा ९० घर क्षतिग्रस्त बनेको छ । आइतबारदेखि श्रीलंकामा साम्प्रदायीक दंगा भड्केको छ ।
राजधानी कोलम्बोदेखि दक्षिण तटीय शहर गिन्टोटालाई श्रीलंकाको सिङ्घाली र मुसलमान समुदायबीच झडप भएको थियो । विहिबार एउटा सडक दुर्घटनाको निहुँमा सुरु भएको झगडाले अर्को रुप लिएको हो । श्रीलंकामा सिङ्घाली बहुसंख्यक छन् भने मुसलमान अल्पसंख्यक छन् । कोलम्बोदेखि १ सय १० किलोमिटर दक्षिणमा भएको यो घटना रोक्न सरकारले थलसेना, नौसेना र स्थानीय प्रहरीको सहयोग लिनु परेको थियो । घटनामा पाँच व्यक्तिलाई अस्पताल भर्ना गर्नु परेको बताइएको छ । ९० वटा घर भने क्षतिग्रस्त छ ।
शनिवार शहरको पुरै बजार बन्द थियो । स्थानीयहरु घरबाट बाहिर निस्किन सकेका थिएनन् । सरकारले घटनालाई नियन्त्रणमा लिन कफ्र्यूको आदेश पनि दिएको थियो । श्रीलंकामा मुसलमानको जनसंख्या २ करोड १० लाख छ । जुन कूल जनसंख्याको १० प्रतिशत हो । सिङ्घालीको संख्या भने ७० प्रतिशत रहेको छ । उनीहरु बौद्धमार्गी हुन् । प्रहरीले घटनामा १७ जनालाई नियन्त्रणमा लिएको बताएको छ । २०१४ मा पनि बौद्धमार्गी र मुसलमानबीच धार्मिक दंगा भएको थियो । जसमा ४ जनाको निधन भएको थियो ।