४ मंसिर २०७४, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन भाड्ने क्रियाकलापमा संलग्नलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री देउवाले उम्मेद्वार र चुनाव प्रचारप्रसारमा आक्रमण गर्ने जो कोहीलाई नछाडिने बताउनुभयो ।

केही दिनयता लगातार बम विष्फोटका घटना बढ्न थालेपछि प्रधानमन्त्री देउवाले आक्रमणको निन्दा गर्नुभएको छ । आक्रमणकारीहरु निर्वाचन भाँड्न तल्लिन रहेको भन्दै उहाँले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउन आफू प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता समेत प्रकट गर्नुभयो ।

बम विष्फोट र आक्रमणले जनतामा निराशा छाएको भन्दै सरकार सुरक्षा दिन तयार रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न सुदुरपश्चिममा हुनुहुन्छ ।

 

LIVE TV