३ मंसिर २०७४, आईतवार
  • मनोज श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा निशुल्क योग शिविर सञ्चालन गरिएको छ । ‘गरौं योग रहौं निरोग’ भन्ने नारा सहित ७ दिने योग शिविर सञ्चालन गरिएको हो ।

पंतजली योग समिति र नेपाल भारत मैत्री संघ कपिलबस्तुको आयोजनामा तौलिहवा स्थित बुद्धम पद्म माध्यमिक विद्यालयको प्राङ्गणमा शिबिर संचालन गरिएको हो । शिविरमा पतन्जली योग समितिका केन्द्रीय सहप्रभारी अर्चना घिमिरे, युवा प्रभारी गणपति मण्डल र केन्द्रीय सदस्य डाक्टर टिपी धमलाको जीवन उपयोगी प्रवचन सहित योग शिविर सञ्चालन गरिएको छ ।

शारीरिक एवम् मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको नेपाल भारत मैत्री संघ कपिलबस्तुले जनाएको छ ।

LIVE TV