- सन्तोष काफ्ले
३ कार्तिक ,सुनसरी। निर्वाचन विरुद्ध चौतर्फी आक्रमण हुन थालेपछि नेपाल– भारत सीमा क्षेत्रको सुरक्षा रणनीति बनाउदै धरानमा दुबै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा साना हतियारसंगै लागू औषधको कारोबार नियन्त्रण गर्ने दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको अध्यक्षतामा धरान १५ स्थित होटल इजी राईर्टस होटलमा भएको सीमा सुरक्षा वैठकमा आगामी निर्वाचनलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पार्ने सहमति भएको जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रवक्ता कमलबहादुर थापाले बताउनु भयो । उहाँले सीमामा हुने अपराध रोक्न समेत एक आपसमा सहयोग गर्ने सहमति भएको जानकारी दिनुभयो ।
नेपालको निर्वाचन सफल बनाउन भारतको तर्फबाट सुरक्षा सहयोग, सीमा बन्द र सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरु दुबै देशका सुरक्षाकर्मीहरुले एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा खुल्ला सीमानाका कारण हुने अपराधिक घटना नियन्त्रणमा संयुक्त रुपमा काम गर्न वैठकमा सहमति भएको भारतको अररियाका डिएम हिमान्सु शर्माले वताए । साथै उनले आतंकवाद नियन्त्रणमा समेत आपसी सुचना आदानप्रदान गर्ने सहमति भएको जानकारी दिनुभयो ।
नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उमेद्वारहरुमाथि श्रृखलाबद्ध बम विष्पोट गराएपछि सीमा क्षेत्रको सुरक्षा बजबुत बनाउन धरानमा वसेको वैठकमा नेपालका तर्फवाट सुनसरी मोरङ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको उपस्थित रहेको थियो । भारतका तर्फवाट अररिया र किशनगञ्ज जिल्लाका प्रहरी प्रशासन तथा सिमा सुरक्षा वल एसएसवीका प्रमुुखहरुको उपस्थिती रहेको थियो । यसैबीच पूर्वका पहाडी क्षेत्रमा उम्मेद्वारहरूलाई लक्षितगर्दै बम आतंक मच्चिरहेको बेला सुनसरीमा भने कुनै समुहको खतरा नभएको सुनसरी प्रशासनले दावी गरेको छ ।
पूर्वका पहाडी भेगहरूमा बिप्लव समुह छरिएर रहेका कारण सुरक्षा चुनौती बढेपनि सुनसरीमा त्यस्ता गतिविधि नरहेको तर पनि यसबारे प्रसाशन सधै चनाखो रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनु भयो । आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षितगर्दै सुनसरीमा नयाँ शुरक्षा योजना लागु गरिएको र सुरक्षा ब्यवस्थापनि कडा पारिएको प्रजिअ पराजुलीको भनाई छ ।
सुनसरीमा रहेका १सय ६६ मतदान केन्द्रहरूमा शसस्त्र , जनपथ ,म्यादी सहित बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सुनसरीमा जिल्लामा लोकतान्त्रिक गठबन्धन , बाम गठबन्धन लगायत बिभिन्न दल र स्वतन्त्र गरि १ सय ४५ जनाउम्मेद्वारहरू चुनावी मैदानमा रहेका छन ।