३ मंसिर २०७४, आईतवार

तारा आचार्य

यहि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन नजिकिदै जान थालेपछि मोरङमा मतदान केन्द्रमा पठाइने मतपत्रको व्यवस्थापन कार्य शुरु गरिएको छ ।

शुक्रवार बेलुका विराटनगर आईपुगेको मतपत्रहरुलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा छुट्याउने र मतदान केन्द्र अनुसार पोको पार्ने कार्य भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

मुलुकमा सबैभन्दा बढी मतदाता रहेको मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाताहरु रहेका छन् । कुल ३ सय मतदान स्थलका ७ सय ५८ वटा मतदान केन्द्रहरुका लागि छुट्टाछुट्टै मतपत्रहरु गन्ने र पोको पार्ने कार्य भईरहेको छ ।

मोरङका लागि प्रतिनिधि सभा र प्रदेश सभा गरी २० लाख ८७ हजार मतपत्र आएको क्षेत्रिय निर्वाचन अधिकारी प्रेम प्रसाद संजेलले जानकारी दिनुभयो । मतपत्र व्यवस्थापन पछि निर्वाचनको तीन दिन अगाडि सम्बन्धित मतदान अधिकृतहरुलाई सो मतपत्र बाडिने क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

LIVE TV