
#news24nepal(power news)
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आईतबार असामयीक निधन भएको छ । नेकपा माओवादीका केन्द्रिय सदस्य समेत रहेका प्रकाशको आइतबार विहान हृदयघातका कारण निधन भएको हो । सुतिरहेको अवस्थामा अचेत फेला परेका प्रकाशलाई आइतवार बिहानै नर्भिक अस्पताल लगिएको थियो । तर अस्पताल पु¥याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पछिल्लो समय नजिकिँदो निर्वाचनमा उनी चितवनमा पिता प्रचण्डको चुनावी प्रचारप्रसारमा व्यस्त रहँदै आएका थिए । बाम गठबन्धन सहितको एमाले माओबादीको झापामा चुनावी कार्यक्रम हुने तयारी थियो तर प्रकाश केही दिनदेखि नै बिरामी भएका कारण झापा नगई काठमाडौं मै बसेका थिए ।
प्रकाशले केही दिनअघि फेसबुकमा आफ्नो शुभेच्छुकसँग स्वास्थ्यबारे गरेको कुराकानीमा आफूलाई ज्वरो आएको बताएका थिए ।
पारिवारका अनुसार शनिबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी विना पनि कञ्चनपुरतिरै व्यस्त थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्. । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । प्रकाशले बेलुका आमा र भाञ्जीहरुसँगै बसेर खाना खाएका थिए । खाना खाएपछि सुत्नका लागि आफ्नो कोठामा पसेका प्रकाशले फेसबुक पनि चलाएनन् ।
उनले राति ११ बजेतिर झापातिर एउटा म्यासेज पठाएको उनको मोवाइलबाट देखिएको छ । सधैँ विहान सबेरै उठ्ने प्रकाश दाहाल आइतबार बिहान ढिलासम्म नउठेपछि आमा सीता दाहाल कोठामा पसिन् र उठाउन खोज्दा चलमल नगरेपछि हातले घच्घच्याइन् । तर त्यतिबेला प्रकाश बेहोस थिए । छोरो अचेत अवस्थामा देखेपछि आमाले हतारहतार सन्तु दराई परवानालाई बोलाइन् । बिहानको करिब पौने ६ बजेतिर उनलाई गाडीमा हालेर नर्भिक अस्पतालमा पु¥याइयो तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
एकाविहानै छोराको मृत्यु खबर सुनेपछि पुष्पकमल दाहाल पूर्वमा आयोजना गरिएको चुनावी कार्यक्रमलाई छोडेर छोरी गंगा र ज्वाई जीवन आचार्य तथा नातिनीसहित सिम्रीक एयरको हेलिकप्टरमार्फत् काठमाडौं फर्किएका थिए । आफ्नो निवास लाजिम्पाट पुगेर पत्नी सिता लगायतको परिवारका सदस्यहरुसँग छलफल गरेका थिए । त्यस लगत्तै सुरक्षा निकाय अधिकारीहरुसँग पनि उनले छलफल गरेपछि मात्रै उनी नर्भिक पुगेका थिए ।
जहाँ प्रकाश पत्नी सिर्जना त्रिपाठी र विना मगर अस्पतालमा भावविह्वल अवस्थामा थिए ।
प्रकाशलाई देख्नासाथ सिर्जना बेहोस भएकी थिईनभने विना संहाल्न नसक्ने स्थितीमा चिच्याउँदै थिइन् र दृश्य हृदयविदार र कारुणयिक थियो । दाहाल परिवार पुगे लगतै अस्पतालले औपचारिक रुपमै प्रकाशको हृदयघातका कारण मृत्यु भएको घोषणा गरेको थियो ।
प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।
प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।माओवादी पार्टी परित्याग गरेपछि पहिलो पटक पेरिसडाँडामा पाइला टेकेका भट्टराईले प्रचण्डप्रति गहिरो सहानुभूति राखेका थिए ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । उनलाई श्रृद्धाञ्जली दिन आफन्त सुभचिन्तकदेखि विभिन्न दलका शीर्ष नेतासम्म पुगेका थिए । सबैका आँखामा आशु छचल्किरहेको थियो र दृश्य निक्कै हृदयविदारक देखिन्थो ।
छोरा गुमाउँदाको पीडा प्रचण्डको आँखा र अनुहारमा प्रष्ट गहिरो पीडा देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् ।तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् । प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिदा उनको मुहारमा पुत्र शोकको भाव स्पष्ट देखियो ।
माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे । आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे । र, यस्तै पीडा पशुपति आर्यघाटमा पनि देखिएको थियो । प्रचण्ड र उनका परिवारका साथै आफन्तहरुको रोदनले पशुपति आर्यघाट शोकमग्न बन्न पुगेको थियो ।