३ मंसिर २०७४, आईतवार

काठमाडौँ । आगामी निर्वाचन भय रहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले विशेष सर्तकता अपनाएको छ । अवाञ्छित क्रियाकलाप हुन नदिन सेनाले सक्रियता बढाएको हो । सेनाले निर्वाचन विरोधी गतिविधि हुन नदिन स्थल तथा हवाई गस्ती सुरु गर्ने भएको छ ।

देशका विभिन्न भागमा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट भइरहेका बेला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले निर्वाचन विरोधी गतिविधि हुन नदिन सचेत रहन मातहतलाई निर्देशन दिसक्नुभएको छ । रक्षा मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षेत्रीले बम विष्फोट लगायतका घटना हुन नदिन सेनाले स्थलगत र हवाई गस्ती गर्ने जानकारी दिनुभयो ।

प्रधानसेनापति क्षेत्रीले निर्वाचनमा आफूले पाएको जिम्मेवारी पूरा गर्न सेना सचेत रहेको स्पष्ट पर्नुभएको छ । निर्वाचन बिथोलिने अवस्था आए त्यसलाई नियन्त्रण गर्ने अन्तिम शक्तिको रुपमा सेना परिचालन गर्ने व्यवस्था गरेको छ ।

LIVE TV