३ मंसिर २०७४, आईतवार

निमेन्द्र शाही

बाजुरा। बढीमालिका नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्मर महतलाई अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा महतमाथि जिल्ला खेलकुद विकास समिति नजिकै आक्रमण भएको हो ।

महतका अनुसार तीन जनाको समूहले आक्रमण गरेका हुन् । कुटपिटबाट महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका महतलाई नेपाली काँग्रेसका कार्यकर्ताले योजनावद्ध रुपमा आक्रमण गरेको हुनसक्ने बताएको छ । महत एमालेबाट वडा अध्यक्षमा विजय हुनुभएको थियो ।

२ जनाले अगाडि र एक जनाले पछाडिबाट आक्रमण गरी फरार भएको महतको भनाई छ । महतले अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिनुभएको छ । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

LIVE TV