३ मंसिर २०७४, आईतवार

धादिङ । धादिङको थाँक्रे गाउँपालिकाको हाप्सेचौर नजिकै बम प्रहर भएको छ । उक्त बम  एमाले उम्मेदवार भूमि त्रिपाठीलाई लक्षित गरी  प्रहार भएका  छन् ।

धादिङ क्षेत्र नंं. १ का प्रतिनिधिसभा उम्मेदवार त्रिपाठी थाँक्रे गाउँपालिकाको घरदैलो कार्यक्रम सकेर बाहुनथानाको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा उहाँको गाडीलाई लक्षित गरी सुतली बम प्रहार भएको र  कसैलाई कुनै चोटपटक नलागेको र कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए ।

LIVE TV