३ मंसिर २०७४, आईतवार

काठमाडौँ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेर प्रकाशको पार्थिव शरिरमा श्रद्धाञ्जली दिएका छन् ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशलाई पिता पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । प्रकाश दाहालको शवको अन्तिम श्रद्धाञ्जलीमा बाबु पुष्पकमल दाहाल निकै भाबुक भएका थिए । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे । चुनाव प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि प्रकाशको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजाका पूर्व मूख्यसचिव पशुपतिभक्त महर्जन कोटेश्वर, पेरिसडाँडास्थित माओवादी पार्टी मुख्यालय पुगेर प्रकाश दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको घुइँचो लागेको छ ।

LIVE TV